Rule 41
न्युनतम शैक्षिक योग्यता र तालीम
: (१) सशस्त्र प्रहरी कर्मचारी बढुवाको निमित्त सम्भाव्य उम्मेदवार हुन बढुवा हुने पदको श्रेणी वा तह भन्दा एक श्रेणी वा तह मुनिको पदको लागि तोकिएको शैक्षिक योग्यता र नियम ४८ बमोजिमको अनिवार्य तालीम लिएको हुनु पर्नेछ ।
(२) यस नियमावलीमा उल्लेख भएकोमा सोही बमोजिम र उल्लेख नभएकोमा प्राविधिक समूह अन्तर्गतको स्वास्थ्य उपसमूहको पदमा बढुवाको लागि नेपाल स्वास्थ्य सेवासँग सम्बन्धित प्रचलित नेपाल कानूनमा र अन्य प्राविधिक समूहको पदमा बढुवाको लागि निजामती सेवासँग सम्बन्धित प्रचलित नेपाल कानूनमा उल्लेख भए बमोजिमको समानस्तरको शैक्षिक योग्यता पूरा गरेको हुनु पर्नेछ ।